सल्यानको त्रिवेणी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान करिब ८ बजे त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा लु प्र ०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा चालकसहित ६ जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएकोमा बिहान १० बजेर २२ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका ६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका ५ सल्लेका करिब १८ वर्षीया बिपना बुढाथोकी रहेका छन्।
दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका ५ सिंखका २४ वर्षीय भुपाल पुन, सोही स्थानका २९ वर्षीय पारस बोहरा, ५० वर्षीय डिल्लीबहादुर वली र त्रिवेणी गाउँपालिका–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी घाइते भएका छन्।
घाइते चारै जनाको त्रिवेणी हेल्थ केयर लुहाम, सल्यानमा सामान्य उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि उनीहरूलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २७ भाद्र २०८३ ११:३३ शनिबार


-600x400.jpg)


