२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा परी दुईजना घाइते

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१ मा  ट्याक्टर दुर्घटनामा परेको छ।

से २ त ३४३५ नम्बरको ट्याक्टर दुर्घटनामा परी दुई जना घाइते भएको  जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

घाइते हुनेमा चालक जुम्ला चन्दननाथ नगरपालिका–९ का २४ वर्षीय भक्तबहादुर सुनार र पूजा निर्माण सेवाका साइड इन्चार्ज डडेलधुराको अमरगढी नगरपालिका–८  का ३५ वर्षीय नरेश पाण्डे रहेका छन्।

दुवै जनाको टाउको र शरीरको अन्य भागमा चोट लागेको छ। सिरियस अवस्थामा रहेका दुवै जनालाई थप उपचारको लागी कर्णाली स्वास्थ्य  विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ।

प्रकाशित: २३ जेष्ठ २०८३ १५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App