१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

जुम्लामा भालुको आक्रमणबाट दुई जना घाइते

फाइल तस्बिर

जुम्लाकाे हिमा गाउँपालिका–५ बाझगाडस्थित भित्रि वन क्षेत्रमा शनिबार भएको भालुको आक्रमणमा दुई जना स्थानीय घाइते भएका छन्।

गाईबस्तु चराएर घर फर्कने क्रममा जङ्गली भालुले एक्कासी आक्रमण गर्दा ३० वर्षीय हरिचन्द्र रोकाया गम्भीर घाइते भएका हुन् भने ३५ वर्षीय गणेश रोकाया सामान्य घाइते भएका छन्। शनिबार साँझ करिब ६ बजे दुवै जना वन क्षेत्रबाट घर फर्किंदै गर्दा भालुले आक्रमण गरेको थियो।

गम्भीर घाइते भएका हरिचन्द्र रोकायालाई तत्काल स्थानीयको सहयोगमा उद्धार गरी जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको छ। उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। सामान्य चोटपटक लागेका गणेश रोकायाको भने स्थानीयस्तरमै उपचार भइरहेको छ।

घटनापछि स्थानीय बासिन्दा त्रसित भएका छन्। यो क्षेत्र विगत केही समयदेखि मानव–वन्यजन्तु द्वन्द्वको संवेदनशील बिन्दुका रूपमा चिनिँदै आएको छ। जङ्गलसँग जाेडिएको बस्ती भएकाले यहाँका बासिन्दा दैनिक गाईबस्तु चराउन वन पस्नुपर्ने बाध्यता रहेको छ।

घटनास्थल हिमा गाउँपालिकाको दुर्गम क्षेत्र बाझगाड अन्तर्गत पर्ने भित्रि वन हो, जहाँ गाउँलेहरू दैनिक गाईबस्तु चराउन जाने गर्छन्।

प्रकाशित: ५ आश्विन २०८२ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App