१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

कैफियत भेटिएपछि दुई फर्म जरिवानामा

स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता सिंगापुर विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ।

विभागले किसु चमेनागृहलाई रु २० हजार जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल बिजक नराखेकाले सोही ऐनको दफा ३८ (घ) बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ।

यस्तै, काठमाडौंको जडीबुटीमा रहेको क्याल्मेरा अटाएर प्रालिलाई रु पाँच हजार जरिवाना गरेको छ। विभागले कुल १२ फर्ममा अनुगमन गरेकामा १० वटालाई भने सुधारात्मक निर्देशन दिएको छ।

उद्योग, फर्महरूको अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देश एवम् कारबाही गरिएको विभागले स्पष्ट पारेको छ। बजारमा स्वच्छता कायम राख्न, अखाद्य वस्तुको कारोबार रोक्न, बिल बिजक जारी गराउन विभागले नियमित अनुगमन गर्दै आएको छ।

प्रकाशित: ६ श्रावण २०८३ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App