२८ असार २०८३ आइतबार
image/svg+xml
समाज

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने निकासी रोकथामका लागि दुईदिने चेतनामूलक अभिमुखीकरण सुरु गरेको छ।

सांस्कृतिक एवं पुरातात्विक सम्पदाको क्षेत्रमा काम गर्ने निकायका लागि आजदेखि सुरु भएको कार्यक्रम बुधबारसम्म चल्ने विभागका प्रवक्ता सन्दीप खनालले जानकारी दिए।

कार्यक्रममा सांस्कृतिक एवं पुरातात्विक सम्पदाका चोरी निकासीका विषयमा केन्द्रित भएर तयार पारिएका छवटा प्रस्तुतिकरण गरिने उनले बताए।

समारोह शुभारम्भ गर्दै विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले चोरी भएका मूर्तिमध्ये ४०९ वटाको निवेदन प्राप्त भएको जानकारी दिए। चोरीमध्ये ९६ वटा देशभित्रबाट प्राप्त भएको छ। विदेशबाट २०३  फिर्ता भएका छन्। ९५ वटा मूर्ति विदेशबाट फिर्ताको प्रक्रियामा रहेको उनले जानकारी दिए।

चोरी भएका मूर्ति सम्बन्धित स्थानमै प्रतिस्थापन गर्न विभिन्न खालका चुनौती भएकाले त्यसलाई सम्बोधन गर्न कार्यविधि तयार पारिएको विभागले जनाएको छ। कार्यालयले तयार पारेको मस्यौदामाथि बुधबार सरोकार भएका निकायबीच छलफल गरी अन्तिम रूप दिइने महानिर्देशक प्रधानाङ्गले जानकारी दिए।

प्रकाशित: २३ असार २०८३ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App