कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ७ सुखरामपुरमा पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय दुई बालकको डुबेर मृत्यु भएको छ ।
गाउँ नजिकै रहेको सार्वजनिक पोखरीमा बिहीबार दिउँसो सवा २ बजेतिर पौडी खेल्ने क्रममा स्थानीय रञ्जित बढाइका छोरा १२ वर्षीय आकाश बढई र राजेन्द्र रैदासको छोरा ११ वर्षीय अम्बर रैदासको मृत्यु भएको हो ।
पोखरीमा डुबेर तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । किशोरहरूको शव स्थानीय र प्रहरीको सहयोगमा बाहिर निकाली पोस्टमार्टमको लागि बहादुरगञ्ज अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले बताए ।
प्रकाशित: २९ श्रावण २०८२ १९:१३ बिहीबार





