बाँके प्रहरीले लागूपदार्थ ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१७ चौलिका चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको पिलिभित पुरन थाना पुरनपुर घर बताउने २६ वर्षीय मोहम्मद नाजिम कुरेसी र रुकुम पश्चिम, खलङगा नगरपालिका–२ का २५ वर्षीय सुरेश खड्का रहेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट शुद्ध तौल ४ ग्राम ८६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको एसपी अंगुर जिसीले जानकारी दिए।
बरामद पदार्थसहित दुवै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रकाशित: १३ आश्विन २०८२ १५:३२ सोमबार





