२५ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ

सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित सगरमाथा राजमार्गको गाईघाट–कदमाहा सडक खण्डमा इलाका प्रहरी कार्यालय भेडियाको टोलीले स्रोत नखुलेको रुपैयाँ, गाडी र मालसामानसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार आइतबार राति करिब ८:५० बजे इलाका प्रहरी कार्यालय भेडियाका प्रमुख प्रहरी निरीक्षक पूर्णकुमार राईको कमान्डमा खटिएको टोलीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको हाइलक्स गाडीलाई चेकजाँच गर्ने क्रममा २३ लाख रुपैयाँ, विभिन्न इलेक्ट्रोनिक उपकरण बरामद भएको हो। गाडीमा सवार दुई जना व्यक्ति नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गाडीमा सवार झापा, दमक–५ बस्ने किरण सिटौला (२८) र सोही ठाउँका धिरज प्रसाई (१९) संग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। रहेका छन्। उनीहरू सवार गाडीबाट प्रहरीले साइकल हावा पम्प १०० थान, इलेक्ट्रिक रिक्साको मोटर ३ थान, इलेक्ट्रिक साइकलको ब्याट्री ३१ थान, इलेक्ट्रिक स्कुटरको ब्याट्री ३ थान, ब्याट्री चार्जर ७ थान, ब्याट्री टेस्टर १ थान।

प्रहरीले नगद, गाडी, सामान र व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरी पठाएको जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८२ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App