३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

४ करोड ५० लाख ठगेको आरोपमा दुई जना पक्राउ

प्रहरीले ४ करोड ५० लाख रुपैयाँ बराबरको ठगी गरेर फरार भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले स्याङ्जाका ६२ वर्षका शान्तीरमण पंगेनी र काठमाडौं टोखाका ५८ वर्षका टिका पंगेनीलाई पक्राउ गरेको जनाएको छ। 

प्रहरीका अनुसार उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि फरार सूचीमा थिए। काठमाडौंबाट पक्राउ गरेर उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पोखरा उपस्थित गराइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ३ वैशाख २०८३ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App