बाढीले झोलुंगे पुल बगाएपछि धार्चे गाउँपालिकाका बासिन्दालाई लक्ष्यित गरी बुढीगण्डकीमाथि तुइन जडान गरेको छ। जडानसँगै यसको प्रयोग पनि थालिएको छ।
झोलुंगे पुल महाशाखाले धार्चे गाउँपालिकाको केन्द्र माछाखोलालाई लामाबेँसी र केरौँजासँग जोड्ने गरी दुई वटा तुइन जडान गरेको छ।
यसअघि धार्चे–३ को खोर्लाबेँसी र धार्चे–२ को केरौँजाबेँसी जोड्ने अर्को तुइन सञ्चालनमा ल्याइएको थियो। तुइनबाट एक पटकमा दुई जनासम्म वारपार गर्न सकिन्छ।
स्थानीय युवाले तुइन सञ्चालनमा सहयोग गर्दै आएका छन्।
तुइनबाट केरौँजा र लामाबेँसीका साथै आसपासका क्षेत्रका सर्वसाधारणलाई नदी तर्न केही सहज भएको छ।
तुइनको यात्रा जोखिमपूर्ण भएको गुनासो स्थानीय फिरेन्द्र घलेको छ। उनले तत्काल झोलुंगेपुल निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित: ११ मंसिर २०८३ ११:२७ शुक्रबार





