१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

त्रिशूली-३ ‘ए’ : उद्धार गरिएका दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवित उद्धार गरिएको छ।

भोटेकोशी बाढी गएको १० दिनपछि सञ्जय शाह र कविर महर्जनको आज जीवित उद्धार गरिएको हो। बाढीपछि उनीहरू सुरुङभित्रै फसेका थिए। आयोजनामा शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।

उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

सुरुङभित्र अन्य व्यक्तिहरू पनि रहेको आशंका गरिएको छ। सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोली परिचालित छन्।

सुरुङभित्रबाट जीवित व्यक्तिको उद्धार हुन थालेपछि बाँकी व्यक्तिहरूको पनि सकुशल उद्धार हुने आशा बढेको छ।

यो पनि पढ्नुहोस्

त्रिशूली-३ ‘ए’ : जीवित उद्धार गरिएका शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर हुन्

प्रकाशित: १९ भाद्र २०८३ १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App