४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

एक वर्ष अवधि पुगेका ३४ उपसचिवको सरुवा

सरकारले नापी विभागमा कार्यरत नरबहादुर चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ । चन्दसहित सरकारले  ३४ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सरुवा अवधि ३४ उपसचिवको सरुवा गरेको हो । 

समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।  उपसचिव अच्यूत श्रेष्ठलाई गृह मन्त्रालयबाट भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पठाएको छ । नारायण खतिवडालाई गृहबाट सामान्य प्रशासन मन्त्रालय, महेश पाण्डेलाई कावासोती नगरपालिकाको प्रमुख कार्यकारी अधिकृतका रुपमा खटाइएको छ ।

पुरुषोत्तम सुवेदीलाई कागेश्वरी मनोहरा नगरपालिका, पर्वत गिरीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा खटाइएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १८ श्रावण २०८२ १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App