बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा-मुग्लिन सडकखण्डअन्तर्गत धादिङको कृष्णभीरमा ट्रयाक खोल्ने काम पूरा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत ट्रयाक खोल्ने काम सम्पन्न भएको जनाएको हो। जानकारी अनुसार भोलिदेखि यो सडकखण्डमा पूर्ण रूपमा सवारी साधन आउजाउ गर्नेछन्।
प्रकाशित: ३१ भाद्र २०८३ ०८:४७ बुधबार





