३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

कञ्चनजङ्घा जान लागेका पर्यटक फुङलिङमै रोकिए

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर भ्रमणका लागि आएका ७ भारतीय नागरिकसहित ८ जनालाई ताप्लेजुङको फुङलिङ बजारमै रोकिएको छ। जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म देशका विभिन्न भागमा लगातार भारी वर्षा हुने चेतावनी जारी गरेपछि प्रशासनले उनीहरूलाई तत्काल यात्रा गर्नबाट रोकेको हो। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार उनीहरूलाई फुङलिङ नगरपालिका–२ स्थित होटेल ‘ईको भ्यु पोइन्ट’मा सुरक्षित राखिएको छ।

प्रजिअ सेढाईंले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाइएको जानकारी दिए। सशस्त्र प्रहरी बल, नेपाल नं। १ गुल्म मुख्यालय कञ्चनजङ्घाले नियमित चेकजाँचका क्रममा ती पर्यटकहरूलाई भेटेपछि प्रशासनसँग समन्वय गर्दै यात्रा रोकिएको हो।

भारतको कलकत्ताबाट कञ्चनजङ्घा बेस क्याम्प भ्रमणका लागि नेपाल आएका ती पर्यटकहरूमा अशोक परियार, सुवित बेनेर्जी, समु मण्डल, सुमन विश्वास, परदिन मण्डल, साटि बेनेर्जी, अजय कुमार हवल्दार र गाइड इलाम सन्तपुरका फुतेन्जी शेर्पा रहेका छन्।

प्रशासनले मौसम सामान्य भएपछि मात्र उनीहरूलाई यात्राको अनुमति दिने जनाएको छ।

प्रकाशित: १८ आश्विन २०८२ १९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App