२ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

विमानस्थलका प्रतिक्षालयमा पर्यटकीय सामग्री प्रदर्शन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशका सबै विमानस्थलका यात्रु प्रतिक्षालयमा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने भएको छ।

मन्त्रालयका अनुसार अबदेखि विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका नियमित सूचना मात्र नभई नेपाल पर्यटन बोर्ड लगायतका विभिन्न सरकारी निकायबाट तयार पारिएका भिडियो सामग्रीहरू पनि प्रदर्शनी गरिनेछ। नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको मन्त्रालयले जानकारी दिएको छ।

मंगलबार मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘सबै विमानस्थलका यात्रु प्रतिक्षालयमा नेपाल नागरिक उड्ड्यन प्राधिकरणका नियमित सूचना प्रसारण गर्ने बाहेक नेपाल पर्यटन बोर्डलगायत विभिन्न सरकारी निकायबाट नेपालका पर्यटकीय स्थलहरूको प्रचार प्रसारको लागि तयार पारिएका भिडियो सामग्रीहरू प्रदर्शनी गर्ने व्यवस्था मिलाईने भएको छ।’ 

यस व्यवस्थाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई नेपालका विभिन्न पर्यटकीय क्षेत्रबारे थप जानकारी प्राप्त हुने र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।

प्रकाशित: ९ वैशाख २०८३ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App