४ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

फाइल तस्बिर

आज देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहने भएको छ। तराईका भू-भागमा भने आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्ने जनाइएको छ।

तराईका एक-दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

तराई क्षेत्रमा पनि वर्षाको सम्भावना कायमै रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसम बदलीसँगै केही स्थानमा वर्षा र हिमपात हुन सक्ने भएकाले यात्रा, कृषि तथा दैनिक गतिविधि सञ्चालन गर्दा स्थानीय मौसम अवस्थाबारे जानकारी लिएर सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

प्रकाशित: ४ आश्विन २०८३ ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App