१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, दुई घाइते

मुगुको मुगम कार्मारोङ गाउँपालिका-५ पुलु बजारमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार बिहान करिब ४:०० बजे पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका-१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगा सहितको पहिरो घरमा खसेको थियो।

पहिरोले च्यापिएका ३ वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरेका थियो। बिहान ४:४८ बजे उनलाई पुलु स्वास्थ्य चौकी पुर्‍याइए पनि उपचारकै क्रममा बिहान ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनामा जगनाथ र सृजना सामान्य घाइते भएका छन् भने उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भईरहेको र अवस्था सामान्य रहेको छ।

पहिरोले उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। साथै, थप क्षति हुन सक्ने जोखिमका कारण आसपासका आठ घर उच्च जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

प्रकाशित: ९ श्रावण २०८३ ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App