कृष्णपुर नगरपालिका-४ मा सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार स्थानीय डम्बर पनेरुका तीन वर्षीय छोरा लक्की पनेरुको सर्पको टोकाइबाट मृत्यु भएको हो।
आफ्नै कच्ची घरमा सुतेको बालकलाई सर्पले टाउकामा टोकेको थियो। गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। गएराति २ बजेतिर उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ आश्विन २०८२ १२:३५ मंगलबार





