काठमाडौंका विभिन्न ठाउँमा तीन जना मृत फेला परेका छन् ।
कीर्तिपुर नगरपालिका-६ चुईगाउँ डेरा गरी बस्ने दोलखा चरिकोट नगरपालिका-घर भएका ६५ वर्षीय ठाकुर पाण्डे आफ्नै कोठा नजिकै शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीको रामधुनी नगरपालिका-१ स्थित धानखेतमा इटहरी उपमहानगरपालिका- १६ टिकुला टोल बस्ने ३० वर्षीया आशा ऋषिदेव शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरी कैलालीको जानकी गाउँपालिका-१ दुर्गौलीस्थित गोठमा हाल नाम, थर र वतन नखुलकी अन्दाजी ४५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
तीनै जनाको मृत्युको कारणबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: २८ कार्तिक २०८२ १६:०८ शुक्रबार


-600x400.jpg)


