१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

विपद्जन्य घटनाबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु

सांकेतिक तस्बिर

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झापा, धनुषा र महोत्तरीमा गरी तीन जनाको मृत्यु भएको हो ।  

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार झापाको शिवसताक्षी नगरपालिकास्थित लालपानीमा खेलिरहेका बेला खुट्टामा गोमन सर्पले डस्दा एक पाँच वर्षीय बालकको मृत्यु भएको छ । उनको उपचारका लागि सर्पदंश केन्द्र चारआली लैजाने क्रममा मृत्यु भएको हो ।  

यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका—४ क्याम्पसचोक बस्ने ४३ वर्षीय एक महिलाको आगोले जलेर मृत्यु भएको छ । लक्ष्मी पूजाको दिन बालिएको दियोमा पुनः तेल हाल्ने क्रममा अचानक कपडामा आगो सल्किँदा घाइते भएपछि उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

यस्तै, महोत्तरीको बर्दिवास नगरपालिका—१ सङ्गमटोलस्थित एक घरमा ग्यास चुहावट भई अचानक आगलागी हुँदा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आगलागीमा परी शरीरको ९० प्रतिशत भाग जलेका उनको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएकामा कीर्तिपुरस्थित बर्न अस्तपालमा उपचारका क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।  

पछिल्ला २४ घण्टामा भएका १६ वटा विपद्जन्य घटना भएका र विभिन्न ठाउँमा तीन जना घाइते भएका पनि प्राधिकरणले आज जारी बुलेटिनमा उल्लेख छ ।  

 

प्रकाशित: ८ कार्तिक २०८२ २२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App