२७ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

दैलेखमा जेसीबी बोकेको टेलर दुर्घटना हुँदा तीन जना घाइते

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ पदमपुरस्थित मध्यपहाडी लोकमार्गमा जेसीबी बोकेको टेलर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

जम्बुकाँध बजारबाट दैलेखको बेस्तडातर्फ जेसीबी लोड गरी जाँदै गरेको भे.१ क. ११९४ नम्बरको टेलर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार टेलरको अचानक ब्रेक फेल भई अनियन्त्रित हुँदा माथिल्लो मोडबाट तल्लो सडकमा खसेको थियो। दुर्घटनाका क्रममा टेलरमा राखिएको जेसीबीसमेत खसेपछि दुवै सवारीसाधनमा क्षति पुगेको छ।

दुर्घटनामा जेसीबी चालक चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का २५ वर्षीय प्रदीप शाही गम्भीर घाइते भएका छन्। उनको टाउको तथा हातखुट्टामा चोट लागेको र दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, टेलरमा सवार चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ का २१ वर्षीय खगेन्द्र बिष्टको खुट्टामा चोट लागेको छ। उनको जम्बुकाँध बजारस्थित तारा फार्मेसीमा उपचार भइरहेको छ।

टेलरका सहचालक सोही नगरपालिका–६ का २३ वर्षीय गुप्त बिष्ट पनि खुट्टामा चोट लागेर तारा फार्मेसीमा उपचाररत छन्। उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०८३ १६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App