२९ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

लमजुङमा २४ पिर्के पिङ भाँचिँदा तीन जना घाइते

लमजुङको मध्यनेपाल नगरपालिका-१० बरदानमा २४ पिर्के पिङ भाँचिँदा तीन जना घाइते भएका छन्। आइतबार दिउँसो पिङ खेल्ने क्रममा अचानक पिङ भाँचिएर दुर्घटना भएको हो।

घाइते तीनै जनालाई उपचारका लागि पोखरास्थित जीएमसी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय भोर्लेटारले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको छ।

घाइते हुनेमा चितवनको भरतपुर महानगरपालिका-११ कैलाश टोल बस्ने २७ वर्षीया अन्जु राना, सोही स्थानकी ३५ वर्षीया मुना थापा र तनहुँको व्यास नगरपालिका-१ भादगाउँ बस्ने ४० वर्षीय ज्ञानेन्द्र सुनार छन्।

दुर्घटनामा रानाको हात, खुट्टा र कम्मरमा, थापाको कम्मर र ढाडमा तथा सुनारको हात, खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०८३ १९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App