पशुपति राममन्दिर नजिकै जंगलमा ३ वटा ग्रिनेट फेला परेको छ ।
काठमाडौं महानगरपालिका– ९ स्थित राममन्दिर नजिकै ३६ ह्यान्ड ग्रिनेट तीन थान फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयले मन्दिर नजिकै शंकास्पद बस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए। ग्रिनेट डिस्पोजको लागि नेपाली सेनालाई बुझाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २७ वैशाख २०८३ १३:४९ आइतबार





