२ मंसिर २०८३ बुधबार
image/svg+xml
समाज

बंगालको खाडीमा एक महिनाभित्रै तीन चक्रवात, नेपाल प्रभाव पर्ला ?

एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीनवटा चक्रवात विकसित भएका छन्। चक्रवात अर्नब र मुरासुपछि अहिले ‘अकवान’ विकसित भएको छ।

यसको मार्ग पनि भारतको आन्ध्र प्रदेशतर्फ देखिएको मौसमविद् विनोद पोखरेलले बताएका छन्। भारतीय मौसम विज्ञान विभागका अनुसार नोभेम्बर २० तिर यसले तट पार गर्ने सम्भावना छ। यसपटक पनि यसअघिका चक्रवातबाट प्रभावित भएकै आसपासको तटीय क्षेत्र प्रभावित हुन सक्ने देखिएको छ।

नेपालमा भने यसको प्रभाव कस्तो पर्छ भन्ने चासो बढेको छ। मौसमविद् पोखरेलका अनुसार पछिल्ला मौसम पूर्वानुमानमा नेपालमा वर्षाको सम्भावना केही बढेको देखिएको छ।

उनका अनुसार आइतबार र सोमबार पूर्वी आधा नेपालको थोरै स्थानमा हल्का वर्षा हुन सक्छ। तर, अहिलेसम्म नेपालमा भारी वर्षा हुने स्पष्ट संकेत भने देखिएको छैन।

उनले पछिल्ला मौसमी प्रणालीको विकास र पूर्वानुमानलाई निरन्तर निगरानी गर्नुपर्ने बताएका छन्।

प्रकाशित: २ मंसिर २०८३ ०८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App