३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

हावाहुरीले उडायाे मकै किसानकाे खुसी

अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन्। पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन्।

मकै सखाप पारेर हावाले ढालेको किसानहरूको भनाइ छ। भर्खर दाना पस्दै गरेको मकै लडेपछि पशुचौपायालाई दिनुपर्ने अवस्था रहेको भोजपुर नगरपालिका- ५ किसान कमला थापाले बताइन्। फौजी किरा, बाँदर लगायत विभिन्न जङ्गली जनावरले समेत मकैबालीमा क्षति पुर्‍याउँदै आएको उनको भनाइ छ।

“रोग किरा तथा जङ्गली जनावरबाट बचाएको मकै पाक्ने बेलामा हावाले क्षति गर्‍यो”, उनले भनिन्, “मकैबाली क्षति पुग्दा हामी किसान चिन्ता परेका छौं।”

दाँवा, बोखिम, मझौले, चोलन्ती, गोगने, तिम्मा, श्यमाशिला लगायत जिल्लाको विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पुर्‍याएको छ।

भोजपुरमा धानपछिको दोस्रो प्रमुख खाद्य बालीको रूपमा मकै बालीलाई लिन गरिन्छ। हरेक वर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले उत्पादन घटेको किसानहरूको भनाइ छ। जिल्लाको नौवटै स्थानीय तहमा मकै खेती हुने गरेको छ।  

प्रकाशित: २१ श्रावण २०८२ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App