हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण कारण देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ।
लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराई भू–भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा बादल लाग्नेछ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ।
यसैगरी, देशको हिमाली भू–भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन वा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज सामान्यतया देशभर मौसम सफा रहने महासंघले जनाएको छ।
प्रकाशित: २ कार्तिक २०८३ ०६:३१ सोमबार





