१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

सुरुङको प्रवेशद्वारसम्म पुग्यो टोली, भित्र छिर्ने सेनाको तयारी

बाढी प्रभावित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा उद्धार टोली सुरुङको प्रवेशद्वारसम्म पुग्न सफल भएको छ।

सुरुङमा ‘म्यानहोल’ बनेसँगै नेपाली सेनाको टोली भित्र प्रवेश गर्ने अन्तिम तयारीमा जुटेको छ।

उक्त म्यानहोलबाट हेर्दा सुरुङभित्र खाली ठाउँ देखिएकाले भित्र लेदो नपसेको हुन सक्ने अनुमान गरिएको छ।

हाल सुरुङभित्र पस्नका लागि प्रवेशद्वार सफा गर्ने कार्य तीव्र पारिएको छ। बाटो खुल्नासाथ सेनाको टोली खोजी तथा उद्धारका लागि भित्र प्रवेश गर्नेछ।

प्रकाशित: १४ भाद्र २०८३ १५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App