काठमाडौँ महानगरपालिका–२९ भद्रकालीस्थित सडकमा बा ७५प १९४४ नं को स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा स्कुटर चालक ललितपुर महानगरपालिका–१५ सातदोबाटो डेरा गरी बस्ने मकवानपुर बकैया गाउँपालिका–४ का ३८ वर्षीय रामकृष्ण बजगाईं रहेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार शुक्रबार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको नम्बर खुलेको छैन। चालकको खोजी जारी छ। रासस
प्रकाशित: १० श्रावण २०८२ १७:५३ शनिबार





