५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

सृमद्धि हासिल गर्न दलहरूसँग योजना हुनुपर्छ: खनाल

फाइल।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा आर्थिक तथा सामाजिक सुधारका लागि दलहरू गम्भीर हुनुपर्ने बताएका छन्।

ग्लोबल स्टारद्वारा आज यहाँ आयोजित कलाकार सम्मान कार्यक्रममा उनले देशमा रहेका कृषि, खनिज, जलस्रोतलगायत स्रोतको उपयोग गरी आर्थिक सृमद्धि हासिल गर्न दलहरूसँग योजना हुनुपर्ने बताए।

पूर्वप्रधानमन्त्री खनालले नेपाललाई धनी र समृद्ध बनाउन उद्यमशीलताको विकास र युवा सशक्तिकरणको खाँचो औँल्याए।

उनले नेपाली कला विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताउँदै विविधतायुक्त मुलुकमा सबै जाति तथा समुदायका भाषा, साहित्य कला र संस्कृतिको संरक्षण गर्नुपर्ने उल्लेख गरे।

प्रकाशित: १० श्रावण २०८२ २१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App