२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

पालिकामै प्यान बन्ने भएपछि सुर्खेत पुग्नुपर्ने बाध्यता हट्यो

रास्कोट नगरपालिकाले स्थायी लेखा (प्यान) नम्बर दिन सुरु गरेको छ। यससँगै प्यान कार्ड बनाउन कम्तीमा १० हजार खर्च गरेर सुर्खेत वा जुम्ला पुग्नुपर्ने बाध्यतामा हटेको छ। नगरबाटै उक्त सेवा पाउन थालेपछि रास्कोटलगायतका स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् ।  

यसअघि आन्तरिक राजश्व कार्यालय जुम्ला र सुर्खेतबाट प्यान नम्बर पाइनेमा अब कालीकोटको रास्कोट नगरपालिकाले सोमबारदेखि करदाता सेवा दर्ता तथा सम्बन्धित प्रशासनिक सेवा नगरपालिकाबाटै दिन सुरु गरेको नगर प्रमुख धर्मराज शाहीले बताए।  

व्यवसाय तथा कम्पनी, फर्म र व्यक्तिगत आम्दानीको हिसाब राख्ने र नागरिकलाई करको दायरामा ल्याउन सघाउने सरकारको उद्देश्य पूरा गर्न रास्कोट नगरपालिकामै स्थायी लेखा नम्बर वितरण गरेको हो।

आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत भूपेन्द्र कँडेलले रास्कोट पुगेर प्यानसम्बन्धी अभिमुखीकरणसहित सेवा शुभारम्भ गरेका छन्।

प्रकाशित: २३ वैशाख २०८३ ११:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App