सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतहरूलाई राजीनामा दिन अनुरोध गरेको छ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार राजनीतिक नियुक्तिमार्फत विभिन्न देशमा खटिएका सबैलाई फिर्ता हुन मौखिक आग्रह गरिएको हो।
यतिबेला सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। रास्वपाले बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेदेखि नै राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई स्वैच्छिक रूपमा राजीनामा दिएर बाटो खुला गरिदिन आग्रह गर्दै आएको छ।
संसदमार्फत रास्वपा सभापति रवि लामिछानेले समेत सार्वजनिक रूपमै यस्तो अपिल गरिसकेका छन्।
प्रकाशित: २२ चैत्र २०८२ १३:४१ आइतबार





