२० आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

बुद्धनगरबाट पक्राउ परेका दिपेन्द्रको कसुर खुल्यो

एक करोड ५० लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ घर भएका ४२ वर्षीय दिपेन्द्र शाही पक्राउ परेका हुन्। उनलाई काठमाडौं महानगरपालिका-१० बुद्धनगरबाट शनिबार राति करिब ९ बजे पक्राउ गरिएको हो। प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शाहीविरुद्ध एक करोड ५० लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसुर मुद्दा छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ।

प्रकाशित: १९ आश्विन २०८३ १९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App