निर्वाचन आयोगका आयुक्त डा. जानकी तुलाधरले देश निर्वाचनमय भइसकेको बताएकी छन्।
आज एक भिडियो सन्देश जारी गर्दै उनले निर्वाचन आयोगले मात्रै निर्वाचन सम्पन्न गर्न नसक्ने भन्दै सबै पक्षलाई सहयोग गर्न अनुरोध गरिन्।
निर्वाचनलाई सफल पार्न संघ, प्रदेश र स्थानीय तहसँगै अरु निकायको भूमिका पनि अहम रहने उनको भनाइ छ। मतदानको लागि सकारात्मक वातावरण बनाउन उनले सबैसँग आग्रह समेत गरिन्।
प्रकाशित: १७ फाल्गुन २०८२ १२:३१ आइतबार





