२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु

बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। 

बुधबार बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–५ का १६ वर्षीय सुशीलकुमार विकको मृत्यु भएको हो।  

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार ट्याक्टर गोठमा खसेको थियो। फरार चालकको खोजी जारी छ । 

गोठमा आंशिक क्षति भए पनि पशुचौपायाको क्षति भएको छैन।    

प्रकाशित: ३० वैशाख २०८३ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App