गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो। आफ्नै घरमा सुतिरहेका बेला उनलाई रुखले च्यापेको हो। रासस
प्रकाशित: २९ फाल्गुन २०८२ ०७:०९ शुक्रबार





