१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

खोलामा डुबेर किशोरीको मृत्यु

यहाँका एक बालिकाको खोलाको दहमा डुबेर मृत्यु भएको छ। बुधबार साँझ ५ः०० वजेको समयमा चौदण्डीगढी नगरपालिका ९ देवधारकी १४ वर्षीया आयुसा सदाको डुबेर मृत्यु भएको हो।  

प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका १० देवधारस्थित खोला दहमा साथीहरुसँगै पौडी खेलिरहेकी सदा अचानक डुबेर बेपत्ता भएकी थिईन्। घट्नाबारे जानकारी भएलगत्तै खटेको स्थानीय प्रहरी चौकीको टोलीले खोजविनको क्रममा राति ७ः३० वजे मृत अवस्थामा भेटिएको हो।

मृतक आयुसा स्थानीय बुधन सदाको छोरी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलटारको टोलीले घट्नाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ४ असार २०८३ १०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App