२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

सुर्खेतमा माटोको ढिस्कोले पुरिँदा किशोरीको मृत्यु

सुर्खेतको भेरीगंगा नगरपालिका–७ काठेघारीमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा एक किशोरीको मृत्यु भएको छ। 

शनिबार दिउँसो १२ बजेतिर स्थानीय  १७ वर्षीया  निर्मला विकको माटोको ढिस्कोले पुरेर मृत्यु भएको हो।

घरदेखि करिब १ किलोमिटर पूर्व–दक्षिण दिशामा रहेको जंगल क्षेत्रमा माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख (प्रहरी निरीक्षक) प्रकाश केसीले बताए। 

घटनाबारे भेरीगंगा नगरपालिका–७ का वडा अध्यक्ष कर्णबहादुर मिजारले अस्थायी प्रहरी पोस्ट जहरे, सुर्खेतलाई जानकारी गराएपछि तत्काल प्रहरी परिचालन गरिएको थियो।

इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाशकुमार केसीको कमाण्डमा  प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ असार २०८३ १३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App