२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

भाटभटेनी लुटपाटको आरोप लागेका शिक्षक बर्खास्त

जेन-जी आन्दोलनको क्रममा बुटवलको भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटको घटनामा संलग्न भएको आरोप लागेका एक शिक्षकलाई कालिका मानवज्ञान माध्यमिक विद्यालयले बर्खास्त गरेको छ।

विद्यालयले एक विज्ञप्ति जारी गर्दै शिक्षक शिवशंकर शुक्लालाई विद्यालयको आचरण संहिताविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै कारबाही गरिएको जनाएको हो।

गत भदौ २४ गते भएको जेन-जी प्रदर्शनको क्रममा बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र लुटपाटको घटनामा शिक्षक शुक्ला सहभागी भएको भन्दै सामाजिक सञ्जालमा तस्बिर र भिडियो सार्वजनिक भएको थियो।

सोही प्रमाणका आधारमा विद्यालय प्रशासनले शुक्लाको संलग्नता पुष्टि भएको जनाएको छ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८२ साल भदौ २४ गते भएको Gen-Z को प्रदर्शनमा यस विद्यालयका शिक्षक शिवशंकर शुक्ला सहभागी भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले, विद्यालयको आचरण संहिता तथा नियमविपरीत कार्य गरेको ठहरिएकाले निज शिक्षकलाई आजैको मितिदेखि लागू हुने गरी विद्यालयबाट हटाइएको व्यहोरा जानकारी गरिन्छ।’

प्रकाशित: २८ भाद्र २०८२ १६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App