१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

प्रदर्शनरत युवा र सेनाबिच वार्ता आज : नागरिक सरकार र संसद् विघटनको एजेन्डा

प्रदर्शनरत युवा आन्दोलनकारी र नेपाली सेनाबिच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा औपचारिक वार्ता हुँदैछ। मंगलबार राति प्रदर्शनरत युवा प्रतिनिधिहरू र प्रधानसेनापति अशोकराज सिग्देलबिच अनौपचारिक छलफल भएको थियो। 

वार्तामा नागरिक सरकार गठन, संसद् विघटन र नयाँ चुनावलगायतका विषयमा छलफल हुनेछ। प्रदर्शनरत युवाले राजनीतिक दलहरूलाई सत्ताबाट हटाएर नागरिक सरकारको माग गर्दै आएका छन्। 

काठमाडौंका मेयर बालेन शाहले संसद् विघटनको सर्तमा वार्तालाई समर्थन गरेका छन्। सेनाले संयमित रहन र संवादमा आउन प्रदर्शनरत युवालाई आह्वान गरेको छ।

प्रकाशित: २५ भाद्र २०८२ ०८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App