२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

मोरङको सुन्दरहरैँचामा शंकास्पद वस्तु फेला

मोरङको सुन्दरहरैँचामा बुधबार शंकास्पद वस्तु फेला परेको छ। 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–१० स्थित सडकको उत्तर साइडमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको मोरङ प्रहरीले जनाएको छ।

सडकको उत्तर साइडमा कालो टेपले बेरेको र कालो तार बाहिर निकालिएको अवस्थामा बम जस्तो देखिने सानो डल्लो भेटिएको हो।

अहिले इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको छ। उक्त वस्तु डिस्पोज गर्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ १३:३५ बुधबार