कालीकोटमा शंकास्पद बस्तु फेला परेको छ।
जिल्लाको खाँडाचक्र नगरपालिका–१ स्थित पुरानो जिल्ला प्रहरी कार्यालयको जग्गामा कालो प्लास्टिकमा बेरेको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो।
शनिबार बिहान १२ बजे शंकास्पद वस्तु फेला परेको खबरपछि खोजतलास गर्दा कुकुर बम भेटिएको प्रहरी प्रमुख डिएसपी हिम बहादुर खत्रीले जानकारी दिए।
शंकास्पद वस्तु फेला परेपछि लक्ष्मण रोकायाले सुरक्षालाई खबर गरेका थिए। खबर पाए लगत्तै पुगेको देवी बक्स गुल्मले खोजतलास गर्दा कुकुर बम भएको पाइएको उनको भनाइ छ।
सह सेनानी सन्दीप पण्डितका अनुसार उक्त शंकास्पद बस्तु कुकुर बम भएको पुष्टि भएको छ। ‘शंकास्पद वस्तु भएको ठाउँमा पुगेर हेर्दा कुकुर बम भएको देखियो। अहिले डिस्पोजल टोलीले नियन्त्रणमा लिइसकेको छ', उनले भने ।
प्रकाशित: २३ जेष्ठ २०८३ १६:०६ शनिबार


-600x400.jpg)


