'विशेष अभियान अन्तर्गत शनिबार बिहान सरप्राइज चेकिङ मापसे गरेका ९ जना चालक कारबाहीमा चेकिङको क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको आरोपमा ९ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
आज (शनिबार) बिहान काठमाडौं उपत्यकाको विभिन्न स्थानमा गरिएको सरप्राइज चेकिङ मापसे गरेका ९ जना चालक कारबाहीमा चेकिङको क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको आरोपमा प्रहरीले ९ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो।
यात्रुबाहक बस र हाइस ३-३, माइक्रो २ तथा एउटा सुमो चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
कार्यालयले यात्रु बोक्ने संवेदनशिल सवारी साधन चलाउने चालकले नै मापसे गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले उनीहरुलाई कारबाही गरिएको बताएको छ।
सवारी साधन चलाउँदा मापसे गर्दा आफ्नोमात्र नभइ यात्रुको जीवनसमेत जोखिममा पर्ने भन्दै प्रहरीले आफू सवार सवारी साधनका चालकले मापसे गरेको शंका लागे नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न अनुरोध गरेको छ।
प्रकाशित: २१ चैत्र २०८२ १३:१० शनिबार





