१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

सुनसरी घटना : उपचारका क्रममा थप एक युवकको मृत्यु

मृतक जयप्रकाशका बुबा नरेश मेहता।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार भएको घटनामा घाइते भएका थप एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

देवानगञ्ज गाउँपालिका–३ निवासी २१ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो कार्डियोलोजी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो १ः२४ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

गोली लागेर गम्भीर घाइते भएका मेहताको उपचार भइरहेको अवस्थामा चिकित्सकले मृत घोषणा गरेका हुन्।

यस घटनासँगै गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

प्रकाशित: १४ श्रावण २०८३ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App