५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

बजार अनुगमनमा कडाइ, कटारीका पसलमा अखाद्य वस्तु धेरै, दुई पसललाई कारबाही

आशुतोष ट्रेडर्समा थन्क्याइएको अनुदानको मल।

कटारी बजारका धेरै पसलमा अखाद्य वस्तु बरामद भएका छन् । बिहीबार दिउँसोको बजारअनुगमनका क्रममा अखाद्य वस्तु फेला परेको इलाका प्रशासन कार्यालय कटारीले जनाएको छ । विभिन्न २८ होटल, पसलको अनुगमन गर्दा भेटिएका म्याद गुज्रिएका तथा गुणस्तर नभएका अखाद्य वस्तु नष्ट गरिएको इलाका प्रशासन कार्यालय कटारीकी प्रमुख कोपिला राईले बताईन् ।  

जिल्ला अनुगमन संयोजक सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डे नेतृत्वको टोलीले अनुगमन गर्दा म्याद गुज्रेको चामल, चिसो पेय पदार्थ, मसला बरामद गरी नष्ट गरिएको राईले बताइन ।  

एक लाख २० हजार बराबरको सामान सर्जमिन गरी मुचुल्का उठाएर नष्ट गरिएको उनले बताइन ।  

त्यसैगरी आवश्यक कानुनी प्रक्रिया पुरा नगरी सञ्चालनमा रहेका दुई पसललाई जरिवानासहित कारबाही गरिएको छ । अञ्जली पाउरोटी उद्योग कटारी र रञ्जना स्टोर्सलाई जरिवानासहित कारबाही गरिएको हो ।  

दुवै पसललाई ५/५ हजार रुपैयाँ जरिवाना गरिएको छ भने यस्तो गल्ती नदोहोर्याउन चेतावनी दिइएको छ । ती पसललाई तोकिएकै अवधिमा कानुनी प्रक्रिया पूरा गर्न सुझाइएको छ ।

बिहीबारकै अनुगमनमा सरकारी अनुदानको दुईसय बोरा रासायनिक (युरिया) मल गोदाममा लुकाएको अवस्थामा फेला पारेरको थियो । स्थानीय दिलीप चौधरीले सञ्चालन गर्दै आएको आशुतोस ट्रेडर्सको गोदाममा रहेको मल फेला परेपछि अनुसन्धान थालिएको छ ।  

गोदाममा ताला लगाएर छानविन सुरु भएको पाण्डेले बताए ।

प्रकाशित: १२ भाद्र २०८२ २०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App