१० आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ।

नाट्टाले ४७औँ विश्व पर्यटन दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो। नाट्टाका महासचिव राजकुमार देवकोटाले नेपालको पर्यटन क्षेत्र पूर्ण रुपमा सुरक्षित, सञ्चालनयोग्य र विश्वभरका पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

नाट्टाले आज ‘नाट्टा स्वच्छ र हरियाली अभियान-२०२६’ सञ्चालन गरेको छ। उक्त अभियान शिवपुरी राष्ट्रिय निकुञ्ज करिडोरअन्तर्गत बूढानिलकण्ठ-टोखा-चण्डेश्वरी क्षेत्रमा सञ्चालन भएको छ।  

कार्यक्रमअन्तर्गत भोलि काठमाडौं दरबार क्षेत्र वसन्तपुरबाट ‘नेपाल निम्तो-नाट्टा सम्पदा दौड-२०२६’ हुनेछ। दौडमा पर्यटन व्यवसायी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, युवा सहभागी हुने जनाइएको छ।

प्रकाशित: १० आश्विन २०८३ ११:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App