१ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

बर्दियामा बुवाको ह’त्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ

बर्दियामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। गेरुवा गाउँपालिका-५ का १९ वर्षीय सरगम आचार्यलाई सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।

आचार्यले सोमबार राति करिब १२ बजे घरको कोठामै आफ्ना ४९ वर्षीय बुवा टेकराज उपाध्यायमाथि कुटपिट गरेका थिए। छोराको निर्घात कुटपिटबाट उपाध्यायको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले आरोपित छोरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक बिरेन्द्र बोहराले जानकारी दिए।

घटनाबारे पक्राउ परेका आचार्यमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ भाद्र २०८३ २०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App