१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

मौसममा केही सुधार, देशको थोरै ठाउँमा खण्डित वर्षा

अहिले देशको थोरै ठाउँमा खण्डित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा सबैभन्दा बढी सुनसरीको चतरामा ११.८ मिलिमिटर पानी परेको छ। सिन्धुली, सिन्धुपाल्चोक, कास्की लगायतका जिल्लामा पनि हल्का पानी परिरहेको छ। 

गएको एक घण्टामा सबैभन्दा बढी औसत तापक्रम कञ्चनपुरको पर्सियामा ३४.९ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।  

यसैबीच आजदेखि मौसममा केही सुधार आएको छ। हिजोअस्ति हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित पानी पारेको प्रणाली कमजोर भएकाले पानी पर्ने क्रम केही घटेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। 

प्रकाशित: १८ चैत्र २०८२ १६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App