१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

हिउँले पदमार्ग अवरुद्ध, खुलाउन सशस्त्र परिचालन

मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा गएरातिदेखि भएको भारी हिमपातले पदमार्ग र सडकहरू अवरुद्ध भएपछि सशस्त्र प्रहरी बलले उद्धार तथा सहजीकरण कार्य सुरु गरेको छ।

सशस्त्र प्रहरीले अवरुद्ध बाटो पन्छाउनुका साथै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

No description available.

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मुस्ताङको लोमाङथाङ गाउँपालिका–५, नेचुङस्थित उपल्लो मुस्ताङमा खटिएको बोर्डर आउट पोस्ट (बीओपी) को टोलीले कोरला नाका जाने बाटोमा जमेको हिउँ पन्छाएको छ।

टोलीले पर्यटकहरूलाई सुरक्षित यात्रा गर्न र थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउनसमेत अनुरोध गरेको छ।

No description available.

त्यस्तै, मनाङको डिस्याङ गाउँपालिका–४, हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा परेको हिउँ पनि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ गुल्मको टोलीले हटाएको छ। उक्त टोलीले यात्रुहरूलाई मौसमको प्रतिकुलताबारे सचेत रहन आग्रह गरेको छ।

No description available.

यसैगरी, म्याग्दीको अन्नपूर्ण पदमार्गमा पदयात्रीहरूको सुरक्षा र सहजीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस नारच्याङबाट विशेष टोली खटाइएको छ।

उक्त टोली अन्नपूर्ण गाउँपालिका–४, हुमखोला भन्दा माथिल्लो क्षेत्रसम्म पुगेर पदयात्रीको अवस्थाबारे जानकारी लिइरहेको छ।

No description available.

डीएसपी थापाले हिमाली क्षेत्रमा यात्रा गर्ने सबैलाई मौसमको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

No description available.

प्रकाशित: ११ कार्तिक २०८२ १६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App