अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) की बाेर्ड अफ ट्रस्टी वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई पृथ्वीनारायण क्याम्पस नेपाली विभागले स्वागत तथा सम्मान गरेकाे छ।
नेपाली विभागका विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिनाको अध्यक्ष्यतामा भएकाे कार्यक्रममा डा. तिमिल्सिनाले खादाका पहियाउँदै स्वागत तथा सम्मान गरेका थिए।
उक्त अवसरमा सम्मानित व्यक्तित्व दार्जीलिङकी सुब्बाले पृथ्वीनारायण क्याम्पस नेपाली विभागकाे विभागीय पुस्तकालयमा केही पुस्तक पनि अर्पिएकी छन्।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सुब्बाले जीवनमा सुखदुख जे प्राप्त हुन्छ, त्यसलाई खुसीसाथ ग्रहण गर्दा जीवनमा शान्ति प्राप्त हुने बताइन्।
कथाकार सुब्बाका कथाक्रम (१९८४), हस्पिस (२००३), शीतलहर (२०१३) कथासंग्रह लगायत दर्जनौं कृति प्रकाशित छन्।
सुब्बाले मैनाली कथा पुरस्कार, दियालो, अगमसिह गिरी, साहित्य अकादमी, अनेसास विशिष्ट सम्मान लगायत पुरस्कार तथा सम्मान पाएका छन्।
संस्कृतिविद् प्राडा कुसुमाकर न्याैपानेले आख्यानकार सुब्बाकाे साहित्यक याेगदानबारे प्रकाश पारेका थिए।
कार्यक्रममा डा. पुण्यप्रसाद शर्मा, डा. श्रीधर न्याैपाने, उपप्राध्यापक निर्मल सापकोटा लगायत प्राध्यापक तथा विद्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे।
प्रकाशित: १७ कार्तिक २०८२ १३:०८ सोमबार





