१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङबाट अवैध काठसहित सात ट्रक नियन्त्रणमा

ताप्लेजुङ प्रहरीले सिदिङ्वा गाउँपालिकाबाट अवैध रूपमा ढुवानी भइरहेको ठूलो परिमाणको काठसहित सातवटा ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा शुक्रबार बिहान गरिएको सवारी जाँचका क्रममा उत्तिस जातको काठको गोलिया बोकेका ट्रक र त्यसका चालकहरूलाई पक्राउ गरिएको हो।

प्रहरी चौकी साब्लाखुबाट प्रहरी सहायक निरीक्षक प्रदीप कुमार विष्टको नेतृत्वमा खटिएको टोलीले सिदिङ्वा गाउँपालिका–४, साब्लाखु जिरोप्वाइन्टमा उक्त काठ बरामद गरेको हो।

साब्लाखुबाट पाँचथरको थर्पुतर्फ लैजान लागिएको अवस्थामा ट्रकहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जाँचका क्रममा चालकहरूले काठ कटान तथा ढुवानीका लागि आवश्यक पर्ने कुनै पनि अनुमति पत्र वा कानुनी कागजात देखाउन सकेनन्।

तत्कालै अधिकार प्राप्त निकायका अधिकारीहरूको रोहबरमा प्रहरीले काठसहित ट्रक र चालकहरूलाई नियन्त्रणमा लिएको थियो।

बरामद गरिएका काठ, ट्रक र पक्राउ परेका चालकहरूलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, ताप्लेजुङमा बुझाइएको छ।

पक्राउ पर्नेमा चालक सन्दिप लिम्बु चालक मनोज श्रेष्ठ, दावा छिरिङ तामाङ, पूर्ण बहादुर घिमिरे, सनम शेर्पा, बिल नारायण श्रेष्ठ र यूवराज श्रेष्ठ रहेका छन्।

प्रकाशित: २५ कार्तिक २०८२ १७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App